२०८३ मङ्सिर १० गते बुधवार

लाखौं मूल्य पर्ने भन्सार छलीको कुखुरा र कपडा बरामद

दाङ, माघ २४ । जिल्ला प्रहरी कार्यालय बाँकेले लाखौं मूल्यका भन्सार छलीका ब्रोईलर कुखुरा र लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको झन्डै साढे दुई लाख बराबरको कुखुरा र डेढ लाख बराबरको लत्ता कपडा नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरिक्षक डिल्लीबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार बिहान ९ बजेतिर जिल्लाको जानकी गाउँपालिका वडा नं. ३ नेबाजी गाउँबाट तीन सय वटा कुखुरा नियन्त्रणमा लिएको हो । जस्को बजार मूल्य दूई लाख चालिस हजार बराबर रहेको छ ।


भे ३ प ५७२५, भे २ प २२०९ र ज ४ प १८२७ नम्बरको मोटरसाइकलमा राखेर भन्सारी छली गरि नेपालगंज बजार तर्फ ल्याउँदै गरेको अवस्थामा तीनसय वटा ब्रोईलर कुखुरा नियन्त्रणमा लिएको थियो । प्रहरी पुगेपछि मोटरसाइकलसहित कुखुरा छोडेर मानिसहरु भागेपछि प्रहरीले ती नियन्त्रणमा लिएको थियो ।

ती कुखुरा नियन्त्रण पछि आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन तथा भन्सार कार्यालय नेपालगंजमा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै बाँके प्रहरीले भन्सार छलेर नेपालगंज तर्फ ल्याउँदै गरिएको अवस्थामा फेला पारी एक लाख ३३ हजार सात ६० रुपैंया बराबरका लत्ता कपडा र धाराका सामानहरु नियन्त्रणमा लिएको छ ।


आइतबार नेपालगंज उपमहानगरपालिका वडा नं.१५ बाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरिएका ती सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंजमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *