२०८३ मङ्सिर १० गते बुधवार

बुटवलमा राेकिराखेकाे ट्रकमा कार ठोक्किँदा तीन जनाको ज्यान गयाे

रुपन्देही,माघ २४ । बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्।

दुर्घटनामा परि २८ वर्षीय सविन चौधरी, २७ वर्षीय गोविन्द चौधरी र २६ वर्षीय नवीन श्रेष्ठको ज्यान गएको हो।

बुटवलको तामनगर नजिकै रहेको कोरियन प्रशिक्षण केन्द्रको कार्यालय अगाडि बिग्रिएर रोकिराखेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी मोहन बहादुर खाँडले घाइतेमध्ये २७ वर्षीय भागिरथ चौधरीको अवस्था गम्भीर रहेको जानकारी दिए ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको खाँडले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *