२०८३ मङ्सिर १० गते बुधवार

दुर्घटनाग्रस्त क्षेत्र राम्री मोडमा मन्दिर निर्माण गरिदै

शरद रेग्मी, तुलसीपुर,माघ २४ । दाङ – सल्यान सडक खण्डमा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालीले बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्ने भएको छ ।

तुलसीपुर–कपुरकोट सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्री मोड नजिकै प्रालीले मन्दिर निर्माण गर्न लागेको हो ।

राप्ती सेवा प्रालिका प्रबन्धक पुष्कर धितालले आइतबार बसन्त पन्चमिको दिन मन्दिरको सिलन्याश गरेका हुन ।

यस अघि उक्त मोडमा पटक÷ पटक दुर्घटनाहरु भएका थिए ।

सोही राम्री मोडमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्न लागिएको यातायात ब्यबसायी प्रकाश भट्टले जानकारी दिए ।

उक्त स्थानमा प्रालीले मिनी पार्क समेत निर्माण गरिने भट्टले बताए ।

जहाँ यात्रुहरुको लागि प्रतिक्षालय र पिउने पानीको समेत ब्यबस्था मिलाइने जानकारी दिइएको छ ।

यस अघि यो यातायात प्रालीले घोराही– लमही सडकको चौपट्टा,तुलसीपुर–अमिलिया सडक खण्डको दमार गाउँको पहाडमा पनि यस्तै मन्दिर निर्माण गरि सकेको छ ।

त्रिशिद्धेश्वरी मन्दिर परिशरमा पनि मन्दिर निर्माण गरिएको
अर्का ब्यबसायी प्रितमकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *