तुलसीपुर, माघ २३ । सम्भावना हुंदाहुंदै पनि तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरबृद्धि सुस्त भएपछि राजनीतिक दलका नेताहरुप्रति अक्रोश पोखिन थालेको छ ।
तुलसीपुर उद्योग वाणिज्यसंघले आइतवार तुलसीपुरमा आयोजना गरेको सर्वदलिय÷सर्वपक्षिय कार्यक्रममा सहभागीहरुले राजनितिक दलका नेताहरुको इच्छाशक्तिको कमीका कारण तुलसीपुर विमानस्थलको स्तरबृद्धिमा अन्याय भएको सरोकारवालाहरुले बताएका छन् ।
सर्वपक्षिय वहश कार्यक्रममा तुलसीपुरको टरिगाउँ विमानस्थलस्थित नागरीक उड्ययन प्राधिकरणका अधिकारी, नेपाल वायुसेवा निगमका अधिकारी, तुलसीपुर उद्योग वाणिज्यसंघका पदाधिकारी तथा संस्थापक अध्यक्ष, दाङ उद्योग वाणिज्यसंघका पुर्व अध्यक्ष, निवर्तमान तथा वर्तमान अध्यक्ष, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी तथा नागरीक अगुवाहरु सहभागि एयरपोर्ट स्तरोन्नतीको विषयमा बहश आयोजना गरिएको हो ।
वहशमा सहभागिले राजनितिक इच्छाशक्तिलाइ दवाव दिन जनस्तरबाटै खुत्रुके अभियान सन्चालन गरी एयरपोर्टको स्तरोन्नतीकालागी पहल गर्ने सम्मको छलफल भएको छ ।
कार्यक्रममा नागरीक उड्ययन प्राधिकरण तुलसीपुरका प्रमुख कैलाश शर्माले तुलसीपुरको विमानस्थलमा इन्धन रिफिलिङको संरचना निर्माणको काम सम्पन्न हुने चरणमा रहेको तथा ठुला जहाज अवतरण गराउनकालागी एयरपोर्टको धावनमार्गको लम्वाइ बढाउने प्रयाप्त संभावना रहेको बताए ।
उनले तुलसीपुरको विमानस्थलको स्तरबृद्धिकालागी कुनै पनि प्राविधिक समस्या नरहेको तथा जग्गा उत्तरदक्षिण तन्काउन सक्ने प्रयाप्त संभावना रहेको बताए । धावनमार्ग दुइ हजार मिटर सम्म बनाउन सकिएमा यो विमानस्थलमा उत्तरदक्षिण र पुर्वपश्चिम दुवैतर्फबाट जहाज उडान भर्न सकिने पनि उनको अभिव्यक्ति थियो ।
उनले पछिल्लो अवस्थाको विश्लेषण गर्दा तुलसीपुर विमानस्थलमा ७२ सिटे जहाजकालागी पनि यात्रुहरुको कुनै समस्या नहुने तथा यहांबाट कर्णालिका केहि विमानस्थलमा पनि नियमित सेवा सन्चालन गर्न सकिने प्रसस्तै सभ्भावना रहेको भन्दै एयरपोर्टको स्तरबृद्धिकालागी राजनितिक इच्छाशक्ति आवस्यक भएको बताए ।
कार्यक्रममा नेपाल वायुसेवा निगम तुलसीपुरका प्रमुख यमकान्त लम्सालले यात्रु र हवाइ सेवा सन्चालनका हिसावले तुलसीपुरको विमानस्थल लगातार तीन बर्ष उत्कृष्ठ उडान गर्ने विमानस्थलका रुपमा प्रमाणित भैसकेको बताउंदै ठुला जहाज अवतरण गर्न सक्ने विमानस्थल सन्चालनमा आए कुनैपनि वेला हवाइसेवा बन्द गरीनु नपर्ने तथा यात्रुहरुको पनि समस्या नहुने उल्लेख गरे । साना जहाजले सस्तोमा यात्रुहरु बोक्न सम्भव नहुने भन्दै भाडा घटाउनकालागी पनि ठुला जहाजको उडान अनिवार्य भएको उनको अभिव्यक्ति थियो ।
तुलसीपुरको विमानस्थलको स्तरबृद्धि हुन नसक्नुमा राजनितिक दलहरुको इच्छाशक्ति नभएको तुलसीपुर कांग्रेसका सभापति शुरेश हमालले बताएका छन् ।
‘अव यो विमानस्थलको स्तरबृद्धिकालागी राज्यलाइ चुनौति दिन जनस्तरबाटै दवाव सृजन ागर्न आवस्यक छ, त्यसकालागी आजैदेखि अभियान थालौं’—नगर सभापति हमालले भने । तुलसीपुरको विमानस्थलको स्तरबद्धि गरेपछि मात्रै अन्य बैकल्पिक विमानस्थल निर्माणको अभ्यास सुरुहुनुपर्ने उनको सुझाव थियो ।
एमाले जिल्ला सदस्य सुर्य वहादुर डांगीले तुलसीपुरको विमानस्थलको स्तरबृद्धि प्राविधिक रुपले निकै चुनौतिपुर्ण रहेको भन्दै तुलसीपुर उपमहानगरपालिकाका टिप्पर पठाएर मात्र विमानस्थलको धावनमार्गको लम्वाइ बढाउन चिरो भाट्न असम्भव भएको बताए ।
माओवादी केन्द्रका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीले विमानस्थलको स्तरबृद्धिकालागी माओवादी केन्द्र सधै सकारात्मक रहेको भन्दै हातेमालो गर्न तयार रहेको बताए ।
नेपाली कांग्रेसका जिल्ला सहसचिव राजु आचार्यले एयरपोर्ट निर्माण बसपार्क बनाएजस्तो नभएको बताउंदै तत्कालकालागी दाङले एउटा विमानस्थलको स्तरोन्नतीको मात्रै प्रक्रियामा एैक्यवद्धता जाहेरगरेर अघि बढ्न्पर्ने सुझाव दिए ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका संस्थापक अध्यक्ष डिल्ली वहादुर बस्नेत, टरीगाउको तरुण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शेशुराम घण्डारी, दाङ उद्योग वाणिज्यसंघका पुर्व अध्यक्ष हेमराज बन्जाडे, निवर्तमान अध्यक्ष नारायण प्रसाद भुषाल, अध्यक्ष टंकसिंह बुढाथोकि, महासचिव महेन्द्र बुढाथोकि, बासुदेव आचार्य, इन्द्र बहादुर बुढा, पत्रकार नारायण खड्का, मनु शर्मा, हापुरे उवासंघका अध्यक्ष लगायतले विमानस्थलको स्तरोन्नतीलाइ पहिलो प्रार्थमिकता दिएर मात्रै अन्य बैकल्पिक विमानस्थलको निर्माणमा लाग्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा राजमोका श्यामलाल पोख्रेल, मोहन वली, माओवादी केन्द्रका खुसीराम चौधरी, एमाले तुलसीपुर नगर अध्यक्ष माधव वली, माओवादी बैद्ध समुहका इश्वरी गैरे, नेपाली कांग्रेस शान्तिनगर गाउपालिकाका प्रवक्ता रवी बुढाथोकि लगायतले पनि एरपोर्ट स्तरबृद्धि गर्न राजनितिक एकता आवस्यक रहेको बताएका थिए ।
व्यावसायीक मोडेलले एयरपोर्ट चलाऔंः मेयर पाण्डे
विमानस्थल स्तरोन्नती सर्वपक्षिय वहश कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरको एयरपोर्टलाइ व्यावसायीक मोडलबाट सन्चालनकालागी आग्रह गरेका छन् ।
यहांको विमानस्थलको धावनमार्ग विस्तारकालागी धेरै प्राविधिक समस्या रहेको बताउंदै सवैभन्दा पहिले धावनमार्ग विस्तारको एजेण्डा भन्दा पनि भैरहेको विमानस्थलमा यो भन्दा बढि क्षमताका जहाज अवतरण गराउन व्यवसायीक कमिटमेन्टकालागी पहल गर्न पनि उनले उद्योग वाणिज्यसंघहरुलाइ आग्रह गरे ।
‘यो एयरपोर्ट अव राजनितिक मोडलबाट चल्न सक्दैन, यसलाइ अव व्यवसायीक मोडलबाट चलाउन हामीसवैले एकात्मक पहल गर्न जरुरी छ’, नगरप्रमुख पाण्डेले भने, इन्धन रिफिलिङ सुरु भैसकेपछि यो विमानस्थलमा अन्य निजि एयरलाइन्सका केहि ठुला जहाजहरु पनि अवतरण गर्न सक्ने छन् ।
उनले त्यसकालागी निजि विमान कम्पनीहरुसंग समन्वय गर्नकालागी सामुहिक पहल गर्न पनि आग्रह गरे ।
राजनितिक एकता स्थानिय स्तरमा जतिसुकै प्रगाढ देखिएपनि माथि पुग्दासम्म कताकता धमिलो भैसक्ने गरेको पनि उनले तितो अनुभुति सुनाए । आगामि बैसाख महिनासम्म इन्धन डिपो निर्माण भएर हस्तान्तरण भैसक्ने बताउंदै त्यसपछि कम्तिमा ३२ सिटे र ४२ सिटे जहाज सन्चालन पनि संभव हुने उनले कार्यक्रममा बताए ।
त्यसकालागी यहांको व्यवसायीक जगतले निजि विमान कम्पनीहरुलाइ यात्रुहरु प्रयाप्त पाइने विषयमा प्रभापार्न सक्नुपर्ने पनि नगरप्रमुख पाण्डेको अभिव्यक्ति थियो ।
कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले व्यवसायीहरुबाट पनि सहयोग जुटाएर एयरपोर्ट स्तरोन्नती प्रयास हुनु सकारात्मक भएको बताउंदै यसले राजनितिक तहमा दवाव सृजना हुने बताए ।
साथै आफुले विमानस्थलको स्तरबृद्धिका सवालमा नितिगत हरेक सवालमा सहयोगी भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष रामप्रसाद चालिसेले अव फेरी पनि हवाइसेवाको नियमितताकालागी व्यवसायीहरुले पहलकदमी चाल्नुपर्ने बताउंदै सवैको साथ र सहयोगको अपेक्षा गरेका थिए ।
कार्यक्रमको सहजीकरण तुलसीपुरउद्योग वाणिज्यसंघका महासचिव विनिल केसीले गरेका थिए ।
