२०८३ भाद्र ११ गते बिहिवार

अपहरणको नाटक गर्ने ब्यक्ति पक्राउ

तुलसीपुर, माघ २३ । आँफु अपहरणमा परेको नाटक गर्ने सल्यानका एक ब्यक्ति तुलसीपुरमा पक्राउ परेका छन् ।

सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ४ का ४० बर्षीय खिमबहादुर वली पक्राउ परेका छन् ।

कालीमाटीस्थित एक मन्दिरका कर्मचारी वलीले तुलसीपुर बजारको एकान्त होटेलमा मदिरा र खाना खाएपछि आँफु अपहरणमा परेको भनेर आफ्ना साथीहरुलाई झुटो खवर प्रहरीलाई दिएका थिए ।

त्यसपछि वलीका साथीहरुले प्रहरीलाई वली अपहरणमा परेको बारे खबर गरेपछि वलीको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

‘वलीको फोन लागि रहेको थियो र हामीले फोन गर्दापनि वलीले आँफुलाई चार जना ब्यक्तिले निलो कारमा हालेर अज्ञात स्थलमा पु¥याएको झुटो कुरा गर्नु भएको थियो,’ डिएसपी अर्यालले भने ‘ रातभर हामी सुत्न पाएनौं र बिहान साढे तीन बजेतिर मात्रै तुलसीपुर ३ दमारगाउँबाट वलीलाई फेला पार्न सफल भएका हौं।’

होटेलमा खाना खाएर निस्केपछि उनी पैदल हिडेर बीरेन्द्र चोक हुँदै पैदल हिडेर गएको सिसी टिभी क्यामेराको फूटेज पत्ता लगाउँदै प्रहरी वली समक्ष पुग्न सफल भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *