२०८३ मङ्सिर १० गते बुधवार

आयोगको टोली पूर्जा वितरण बारे भइरहेका काम अनुगमन गर्न बबईमा

हापुरे, माघ, २१ । राष्ट्रिय भूमि आयोगको टोलीले बबई गाउँपाललिकामा स्थलगत अनुगमन गरेको छ ।

राष्ट्रिय भूमि आयोग गठन भएर सम्झौता भएपछि पहिलो पटक बबई गाउँपालिकामा सुकुम्बासी समस्या समाधानका लागि भएका कामहरुको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनमा आयोगका बिज्ञ सदस्य टेकबहादुर शाह, कर्मचारी मणी रेग्मीको टोली आएको थियो ।

यो गाउँपालिकाले २०७७ साल कात्तिक महिनादेखि भूमिको समस्या समाधानका लागि काम गर्दै आएको छ । फेरि गाउँपालिकाले दोस्रो पटक २०७८ साल पुस २४ गते सम्झौता गरेका काम जारी राखेको छ ।

बबईले हाल बस्तीस्तरमा पुगेर जग्गा नापी कार्यलाई जारी राखेको छ । जग्गा नापी गर्न चार वटा टोली गाउँपालिकाले खटाएको छ ।
पहिलो चरणमा गाउँपालिकाले वडा नम्बर १ मा जग्गा नापी भएको छ । वडा नं. २, ३ र ४ मा अन्तिम चरणमा नापीको काम भइरहेको छ ।

त्यसपछि वडा नम्बर ५, ६ र ७ मा पनि नापी गरिने गाउँपालिकाले भएको छ । पहिलो चरणमा गाउँपालिकाले पाँच सय ५६ परिवारलाई लालपुर्जा बितरणको तयारी गरेको अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *