२०८३ मङ्सिर १० गते बुधवार

टरिगाउँ बिमान स्थल बारे आइतबार सर्बपक्षिय बैठक

तुलसीपुर,माघ २१ । दाङको एक मात्र टरिगाउ बिमान स्थलको बृहत्तर बिकाश कसरी गर्न सकिन्छ ? भन्ने बारेमा जिल्लाका ब्यबसायीहरु जुर्मराउन थालेका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघ र दाङ जिल्ला उद्योग बाणिज्य संघका पदाधिकारी तथा पूर्व पदाधिकारीका बीचमा केही दिन यता यो बिषयमा निरन्तर छलफल, संवाद तथा विमानस्थलको अस्थलगत अनुमगन गर्ने जस्ता कार्यहरु भइसकेका छन् ।

बिमानस्थलको स्तर उन्नतिसहित सहुलियत भाडादरमा बिमान सुचारु गर्न आइतबार फेरि तुलसीपुर उद्योग बणिज्य संघले सर्बपक्षिय सर्बदलिय बैठकको आब्हान गरेको छ ।
तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले बिमान चढ्न नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यताको अन्त्य गर्न तथा जिल्लाको बिकाशका लागि महत्वपूर्ण मानिएको एयरपोर्टको विस्तार र विकाशका लागि चौतर्फी दबाब सृजना गर्न आवश्यक रहेको तर्क गर्छन ।

त्यस्तै तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले कुनैपनि सरकारले एयरपोर्टको विकाशको बारेमा चासो नदेखाएपछि फेरि अब नीजि क्षेत्रबाट दबाब, पहल तथा प्रयास हुन आवश्यक रहेको बताए । त्यही वातावरण निर्माण गर्नका लागि सर्वदलिय सर्वपक्षिय बैठक आह्वान गरिएको चालिसेले जानकारी दिए ।

सर्वदलिय सर्वपक्षिय बैठकको बारेमा संघका अध्यक्ष चालेसे र महासचिब बिनिल केसीले शुक्रवार बिज्ञप्ति मार्फत आईतबार दिउसो १ बजे बाणिज्य संघको सभाहलमा उपस्थितिका लागि सरोकारवाला सबैलाई आब्हान गरेका छन् ।

केही दिन पहिले मात्रै दाङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा अहिलेका अध्यक्षसहितको ब्यापारी टोलीले तुलसीपुर एयरपोर्टको स्थलगत अबलोकन गरेको थियो ।
उनीहरुले पनि दंगालीले धेरै दुःख र सास्ती खेप्नु परेको भन्दै अब चौतर्फी दबाब सृजना गरि राज्यलाई टरिगाउँ एयरपोर्ट विस्ताका लागि दबाब सृजना गर्न ढिलाई गर्न नहुने फरककोणसंग बताएका थिए ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *