तुलसीपुर, माघ २१ । राष्ट्रिय युवा संघ नेपाल दाङले नारायणपुरमा रक्तदान गरेको छ । रक्तदानमा ५० जना युवाले रक्तदान गरेका थिए ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको चुनाव समयमै गर्न माग गर्दै रक्तादान गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय स्थायी कमिटी सदसय माधव वलीले जानकारी दिए ।
युवा संघ दाङका अध्यक्ष देबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमाले दाङका जिल्ला संगठन कमिटी अध्यक्ष हुकुम बस्नेत, सचिव मनोहर बुढाथोकी, युवा संघका केन्द्रीय सदस्य शिव श्रेष्ठ, अनेरास्ववियूका केन्द्रिय सदस्य बर्षात भण्डारी लगाएले सम्बोधन गरेका थिए ।
टायर जलाउने र चक्का जाम गर्ने भन्दा पनि रचनात्मक काम गरेर गठबन्धन सरकारको बिरुद्ध जनतालाई जागरुक गराइ रहेको उनीहरुले बताएका थिए ।
प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
