२०८३ मङ्सिर १० गते बुधवार

दाङका शैक्षिक संस्थाहरु माघ महिना भर बिद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने

तुलसीपुर, माघ १८ । दाङमा माघ महिना भर भौतिक रुपमा विद्यार्थीेको उपस्थितिमा बिद्यालय सञ्चालनमा रोक लगाइएको छ ।


जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ मसान्तसम्म बिद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाउने निर्णय गरेको छ ।

सबै खाले शैक्षिक संस्था र ट्यूसन सेन्टरहरु समेत भौतिक उपस्थितिमा सञ्चालन गर्न रोक लगाइएको छ ।


तर, विद्यालय कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, बैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै प्रयोगात्मक कक्षा भने सरकारको आदेश बमोजिम सञ्चालन गर्न सकिने भएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जारी गरेको सार्वजनिक सूचनामा भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गर्न आग्रह गरिएको छ ।

प्रशासनको सूचनामा सिनेमा घर, जिमखाना, स्वीमिङ पुल, फुटसल लगायत भिडभाड हुने अन्य कार्य गर्न नपाइने यसअघिकै नियम यथाबत गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *