२०८३ मङ्सिर १० गते बुधवार

शहिद दिबशमा तुलसीपुर जेसिजले गर्यो दीप प्रज्वलन


तुलसीपुर,माघ १७ । तुलसीपुर नगर जेसिजले शहिदहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ ।

आइतबार तुलसीपुरको जेसिज चोकमा दीप प्रज्वलन गरेको हो ।

तुलसीपुरनगर जेसीज बर्ष २०२२ का अध्यक्ष जेसि केशवराज केसीको अध्यक्षता तथा नेपाल जेसिज बर्ष २०२२ का रास्ट्रिय उपाध्यक्ष जेसि नेत्रलाल भट्टराई (नारायण) प्रमुख आतिथ्यमा भएको कार्यक्रममा देशका लागि आफ्नो प्राण आहुति दिने शहिदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रममा संयोजक चुडामणि कंडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर जेसिज बर्ष २०२२ का महासचिव पुर्ण बहादुर डागिले गरेका थिए ।
सो अबसरमा तुलसीपुर नगर जेसिजका पदाधिकारी, स्थानीय युवा लगाएतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा जेसीज आस्था मनिष शाहले प्रस्तुत गरेको बर्ष २०२२ का प्रबक्ता छबि कुरार वलि जानकरी दिए ।

जहानियाँ राणा शासनविरुद्धको क्रान्तिमा आफ्नो जीवनको आहुती गरेका सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते दिन सहिद दिवस मनाउने गरिएको छ।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको सम्झनामा शहीद दिवस मनाइन्छ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *