२०८३ भाद्र १२ गते शुक्रवार

दंगीशरणमा एक युवाको करेन्ट लागेर मृत्यु


तुलसीपुर, माघ १५ । दंगीशरणमा एक ब्यक्तिको करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

दंगीशरण गाउँपालिका वडा नं. ७ बाँका निवासी ३६ बर्षीय भूपेन्द्र डाँगीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माले जानकारी दिए ।

डाँगी शुक्रबार बेलुका ६ बजेतिर घरमा मृत अवस्थामा फेला परेका थिए ।

बिद्युतको नाङ्गो तारमा छुन पुग्दा डाँगीको मृत्यु भएको देखिन आएको शर्माले बताए ।

‘ करेन्टका कारण हातबाट बिस्तारा समेत जलेको अवस्था देखिएको छ,’ निरिक्षक शर्माले भने ‘ बाँकी कुरा पोष्टमार्टम रिपोर्ट पछि खुल्ने छ ।’

घरमा एक्लै बस्दै आएका डाँगी उक्त दिन बिबाह समारोहमा सहभागी भएको र मदिरा समेत सेवन गरि घर पुग्दा आवश्यक साबधानी अपनाउन नसक्दा करेन्ट लागेर मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट देखिन आएको प्रहरी निरिक्षक शर्माले बताए ।

डाँगीको शब पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको र श्रीमति तथा परिवारका सदस्यलाई कुरेको हुँदा सोमबार मात्रै पोष्टमार्टम गर्ने तयारी गरिएको आफन्तले बताएका छन् ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *