काठमाण्डौ,माघ १३ । काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा घरभित्रै निस्सासिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।
गएराति आफ्नै घरमा आगो बालेर सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय प्रहरी प्रभाग साँखुकी प्रहरी प्रमुख इन्सपेक्टर जानुका खरेलले जानकारी दिइन् ।
उनका अनुसार अहिले प्रहरी घटनास्थल पुगेको छ । थिङ दम्पत्तीका छोरा सुनिल भने सकुसल छन् । बुवा-आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
