तुलसीपुर, माघ ७ । लागुऔषध र लेनदेन मुद्दाका दुई फरार प्रतिबादी पक्राउ परेका छन् ।
लागु औषध मुद्दाका फरार प्रतिबादी घोराही उपमहानगरपालिका वडा नं. ३ का ४० बर्षीय टेकबहादुर नेपाली पक्राउ परेका छन् ।
जिल्ला अदालतबाट लागु औषध मुद्दामा बैशाख १५ गते दुई बर्ष कैद र एक लाख जरिवाना तोकिए पछि नेपाली फरार रहँदै आएका थिए ।
गोप्य सूचनाका आधारमा लुकिछिपी बसेको अवस्थामा बुधबार प्रहरीले नेपालीलाई पक्राउ गरेको हो ।
त्यस्तै लेनदेन मुद्दामा घोराही ३ कै ५३ बर्षीय नैनबहादुर कामी पक्राउ परेका छन् ।
जिल्ला अदालतले २०७६ साल असार ४ गते लेनदेन मुद्दामा एक बर्ष कैद सजाए तोकेको थियो । त्यसपछि फरार कामी बुधबार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
दुबै जनालाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको र अदालतको आदेशले तोकिएको सजाए भुक्तान गर्नका लागि जेल चलान गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।
