२०८३ मङ्सिर १० गते बुधवार

आगो तापिरहेका ट्रक चालकको कान काटेर दुई जना भागे

मोरङ, माघ ६ । मोरङमा एक जना ट्रक चालकको कान अपरिचित हतियारधारी ब्यक्तिले काटेर भागेका छन् ।

सुन्दरहरैंचा वडा नं. १२ विराटचोकमा ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान बुधबार राति अपरिचित समुहले काटेर भागेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।


ट्रक चालक मुखिया उर्लाबारी नगरपालिका वडा नं. ७ बासिन्दा हुन । उक्त दिन उनी सिमेन्ट लोडेड प्रदेश १– ००१ ख ८१८९ नम्बरको ट्रक लगेर बुढीगंगाबाट रङ्गेली तर्फ जान हिडेका थिए ।


प्रहरीका अनुसार विराटचोकमा पुगेपछि ट्रक पार्किङ गरेर नजिकैको पोखरेल होटलमा खाना खाएका थिए ।

खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापेर बसिरहेका बेला दुई जना आएर कान काटेर भागेको मोरङ प्रहरीले जनाएको छ ।
मुखियाको कान पूर्णरूपमा छिनिएको छ ।

घाइते ट्रक चालकको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

कान काटेर भागेका व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *