२०८३ बैशाख १८ गते शुक्रवार

४० मिनेट प्लेन होल्ड हुँदा आँकाशमै बेहोस भइन एक महिला यात्रु

दाङ, माघ ६ । मौसमका कारण नेपालगन्ज स्थित राँझा बिमानस्थलको आकाँशमा ४० मिनेट बुद्ध एयरको जहाज होल्ड गर्नु परेको छ ।


बिहीबार बिहान काठमाडौंबाट उडेको ९ एनएजेएच कलसाइनको बुद्ध एयरको जहाज ७ ः ४४ मा उडेको थियो । त्यो जहाज बिमान ८ ः ४० मा नेपालगन्जस्थित राँझा बिमानस्थलमा अवतरण गर्नुपर्ने भएपनि मौसमका कारण थप ४० मिनेट होल्ड गर्नु परेपछि एक महिला यात्रु त्रासका कारण बेहोस हुन पुगेकी थिइन ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसूधन न्यौपानेले आँकाशमा ४० मिनेट प्लेन होल्ड हुँदा जानुका थापा बेहोस हुन पुगेको जानकारी दिए ।


‘उहाँ प्लेन अवतरण पछि बेहोस अवस्थामा फेला पर्नु भएको थियो,’ डिएसपी न्यौंपानेले भने ‘ तत्कालै उहाँलाई नजिकैको आर्मी अस्पतालमा लगेर उपचार गरेपछि होस फिरेको थियो ।’


काठमाडौंबाट आएकी थापा सुर्खेत जान भनेर आएकी थिइन । मौसमका कारण लामो समय आकाशमा प्लेन होल्ड भएपछि आँफु डराएर बेहोस हुन पुगेछु भनेर भनेर थापाले होस फिरेपछि प्रतृक्रिया दिएको डिएसपी न्यौंपानेले जानकारी दिए ।


‘उहाँ नर्मल भएपछि आफन्त आएर लिएर गइसके,’ डिएसपी न्यौंपानेले भने ‘प्लेन आकाशमा लामो समय होल्डहुँदा अन्य यात्रुपनि डराएको भएपनि अरु कसैको पनि त्यो अवस्था थिएन ।’


बिहीबार बिहानैदेखि मौसम खुलेको छैन । बाँके, दाङ लगाएका क्षेत्रमा हल्का बर्षा भइरहेको छ ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *