काठमाडौं, माघ २ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशाला सात तारे होटेल जस्तै आँफुले पाएको प्रतिक्रिया दिएका छन् ।
आइतबार धर्मशाला निरीक्षण पछि मन्त्री आलेले त्यस्तो बताएका हुन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको उक्त धर्मशाला हाल बतास अर्गनाइजेशनले भाडामा लिएर सञ्चालन गरिरहेको छ ।
भारतीय सरकारको भारू २५ करोड खर्चेर धर्मशाला निर्माण गरिएको हो । भक्तजनलाई बसोबासका लागि सजिलो होस भनेर धर्मशाला निर्माण गरिएको थियो ।
तर, त्यो धर्मशाला बतास समुहले भाडामा सञ्चालन गर्दै आएको छ ।
पशुपति क्षेत्र विकास कोषका सम्पत्ति बारे छानबिन समितिले काम गरिरहेको छ ।
कोषका कोषाध्यक्ष नारायण सुवेदी संयोजक रहेको समितिले सोमबार छानबिन प्रतिवेदन मन्त्री आलेलाई बुझाउने कार्यक्रम रहेको छ ।