तुलसीपुर, माघ २ । तुलसीपुरमा माघीको दिन राति दुई वटा पसलमा चोरी भएको छ ।
तुलसीपुर–सल्यान रोडका दुई पसलमा ६० हजार बराबरको चोरी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अचर्यालले जानकारी दिए ।
त्यस्तै नेपाल दुरसञ्चार कार्यालय नजिकैका ११ वटा पसलमा चोरीको प्रयास भएको प्रहरीले बताएको छ ।
चोरीमा संलग्न ब्यक्तिको पहिचान गरि नियन्त्रणमा लिएपछि थप कुरा सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।
चोरी भएको स्थान र इप्रका तुलसीपुर आमनेसामने छन् ।
प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार
