२०८३ मङ्सिर १० गते बुधवार

बुटवलमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु


बुटवल, माघ २ । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गुल्मी जिल्लाको छत्रकोट ३ का कलाकार शोभाखर पन्थको मृत्यु भएको छ । पन्थले दर्जनौँ गीत छायाँकन गर्नुका साथै गीतहरुमा अभिनय समेत गरेका छन । उनी फोटोग्राफर पनि हुन ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पन्थ सवार लु ७० प १३५३ मोटरसाइकल गएराति बुटवलको योगिकुटीदेखि मगरघाटतिर जांदै गर्दा दुर्घटनामा परेको थियो ।
उनी सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परेका थिए ।
आइतबार बिहान मोनिङ वाकमा हिडेका स्थानीयले उनलाई खाल्डोमै देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि मात्रै उनको उद्धार भएको थियो ।
पन्थी पछिल्लो समय रुपन्देहीको सैनामैनामा परिवारको साथ कस्दै आएका थिए ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *