दाङ, पुस २८ । सल्यानमा सात जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको शारदा नगरपालिका वडा नं। २ का विश्व राई, रबिनकुमार श्रेष्ठ, श्रीकान्त राई, बमबहादुर केसी, अन्जन राई, रुपक शाह र खड्गबहादुर रानालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शाह लुहापिङ माबि पढाउने शिक्षक हुन भने ग्रामिण बचत तथा सहकारी संस्थाका लोन अधिकृत श्रीकान्त राई र खड्गबहादुर राना शारदा नगरपालिकाका कार्यालय सहयोगी हुन ।
विश्व राईको घरमा जुवा भइ रहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले मंगलबार बेलुका उनीहरुलाई रकम हारजित हुने गरि तास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट ४७ हजार ३ सय ६५ रुपैंया बरामद भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काकाले जानकारी दिए ।
पक्राउ परेकाहरु बिरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाइ आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
