२०८३ भाद्र १२ गते शुक्रवार

बाँकेमा राजनीतिक भेला र मेलामा रोक लगाइयो

दाङ, पुस २७ । बाँके प्रशासनले राजनीतिक भेला र सार्वजनिक ठाउँमा हुने सभा, सम्मेलनमा रोक लगाएको छ ।

कोरोना संक्रमनको दर बढ्दै जान थालेपछि स्थानीय प्रशासनले उनले २५ जना भन्दा बढी उपस्थित हुने गरि सार्वजनिक स्थलमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मंगलबार एक अपिल जारी गर्दै सार्वजनिक स्थलमा हुने सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरि मेला, भेला र महोत्सवहरु सञ्चालनमा रोक लगाइएको जानकारी दिएका छन् ।
त्यस्तै माघ ७ गतेदेखि सार्वजनिक स्थलहरु कार्यालय, होटेल, रेष्टुँरा, सिनेमा हल, रंगशाला, हवाइ यात्रा, पार्क आदी स्थानमा प्रबेश गर्दा कोरोना बिरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।
सार्वजनिक यातायातमा यात्रा गर्नको लागि मास्क अनिबार्य गरिएको छ । त्यस्तै सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने जस्ता नियमहरु लागु गरिएको छ ।

बाँकेमा मंगलबार परीक्षण गरिएका मध्य ६१ जना नयाँ संक्रमित थपिएका थिए । जिल्ला फोकल पर्सन तेज वलीका अनुसार बालमन्दिर आइसोलेसनमा मंगलबार २४ जना र नेपाल–भारत सीमा नाका जमुना नाकामा थप ३७ जनामा संक्रमन पुष्टि भएको हो ।
सबै संक्रमित बाहिरी जिल्लाका रहेको वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *