दाङ, पुस २६ । बाँकेमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं। १३ का २६ बर्षीय पंकज कुर्मी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार दिउँसो शंकाष्पद अवस्थामा हिडिरहेका उनलाई वडा नं. २० मनिकापुरबाट कुर्मी पक्राउ परेका हुन ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार
