२०८३ मङ्सिर १० गते बुधवार

गाैतमबुद्ध रङ्गशालाकाे स्वामित्व अब भरतपुर महानगरपालिकाले लिन्छ : रेणु दाहाल

काठमाण्डौ,पुस २५ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छिन ।

दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्याङ्कन गरिसकेपछि रङ्गशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन ।

आइतवार भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड रुपैयाँ ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचेअनुसारको सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रङ्गशालाका लागि काम अघि बढाउने बताइन ।


मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रङ्गशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन सङ्घीय सरकारलाई आग्रह गर्ने बताइन ।

फरक प्रसङ्गमा मेयर दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु रहेको दाबी गरिन ।

उनले देश शान्ति प्रक्रियायता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताइन ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *