दाङ, पुस २३ । सल्यानमा रड प्रहार गरि श्रीमतिको हत्या गरेको आरोपित ब्यक्ति पक्राउ परेका छन् ।
सिद्धकुमाख गाउँपालिका वडा नं.५ माझखर्चकी ४१ बर्षीया रामकली परियारको हत्या गरेको अभियोगमा उनका श्रीमान ४२ बर्षीय लोकबहादुर परियार पक्राउ परेका हुन।
मदिराले मातेका लोकबहादुरले पुस १८ गते राति ९ बजेतेको समयमा श्रीमति रामकलीको टाउकोमा रड प्रहार गरि गम्भीर घाइते तुल्याएका थिए । तर, घटनाबारे प्रहरीले पुस १९ गते मात्रै सूचना पाएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
रामकलीको सल्यानमा उपचार संभव नभएपछि थप उपचाकार लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो । रड प्रहारबाट ब्रेन ह्यामरेजको अवस्थामा पुगेकी अचेत रामकलीको उपचार संभव नभएपछि घर ल्याइ पु¥याए लगतै मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए ।
छोरा हेमराजको सूचना पछि पुगेको प्रहरीले पुस १९ गते नै लोकबहादुरलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
