२०८३ मङ्सिर १० गते बुधवार

बाँकेमा फेरि बाघले एक महिलाको ज्यान लियो

दाङ, पुस २२ । बाँकेमा बिहीबार बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जंगलमा घाँस काट्न गएकी राप्ती सोनारी गाउँपालिका ४ प्रसौनीकी ५३ बर्षीया लिला विष्टको दिउँसो बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

स्थानीय जलहन सामाुदायिक वनमा तीन जना दिउँसो १२ बजेतिर घाँस काट्न गएका थिए । त्यही क्रममा बिष्टलाई बाघले झम्टिएर लगेर मारेको एसपी अधिकारीले बताए ।

बिष्टलाई बाघले झम्टिएर लगेपछि संगै गएकाहरु महिलाहरु फर्किएर गाउँमा खवर गरेका थिए । त्यो खबर पाएर प्रहरी र स्थानीय ट्याक्टरमा चढेर उनको खोजीका लागि वनमा गएका थिए ।

बाघले बिष्टलाई झम्टेको घटनास्थलदेखि झन्डै ५० मिटर जति टाढा घिसार्दा लगेको थियो । मानिसहरु त्यहाँ पुग्दापनि बिष्टलाई बाघले नछोडेपछि प्रहरीले हवाई फायर समेत गर्नु परेको एसपी अधिकारीले जानकारी दिए ।

‘मानिसहरुले हल्ला खल्ला गर्दापनि जलहन सामुदायीक वनको घट्ट खोला खोंचमा बाघले बिष्टलाई छोडेन छ,’ एसपी अधिकारीले भने ‘ त्यसपछि बाघलाई भगाउन हवाई फायर गर्नु परेको हो ।’


हवार फायर पछि बाघ भागेपछि प्रहरी र स्थानीयले बिष्टको शव लिएर आउन सफल भएको थिए । बिष्टको शव पेष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा लगिएको एसपी अधिकारीले बताए ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *