काठमाडौं,पुस २२ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ। यद्दपी औपचारिक निर्णय भने भएको छैन।
भारतको गुजरातमा हुने भनिएको भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण रोकिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा जनवरी १० देखि १२ सम्ममा गुजरातमा हुने भ्राइब्रेन्ट समिटमा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो।
भारतीय संचार माध्यायमले समिट स्थगित भएको जानकारी दिएका छन्।
प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
