दाङ, पुस १९ । रुकुम पश्चिममा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ परेका छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ की २६ वर्षीया कमला खनालको हत्या आरोपित श्रीमान २५ वर्षीया दलजित खनाल पक्राउ परेका छन् ।
शुक्रबार राति मदिराले मातेका दलजितले कमलाको घरमै घाँटी थिचेर हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जानकारी दिएको छ ।
हत्या पछि दलजितले श्रीमतिलाई कोठामा उनकै सलले झुन्ड्याएको भएपनि प्रहरीले घटना संकाष्पद मानेर उनलाई पक्राउ गरेको थियो ।
उनीहरुका ४ महिने एक छोरा छन् ।
प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
