तुलसीपुर, पुस १८ । तुलसीपुर खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष पदमा पराजित पवनराज बुढाथोकीले मतदातालाई आभार ब्यक्त गरेका छन् । उनले मतदाता सबैलाई धन्यबादपनि ज्ञापन गरेका छन् ।
भविस्यमा पनि उनले यस्तै साथ र सहयोगको अपेक्षापनि गरेका छन् ।
पुस १७ गते भएको निर्वाचनका क्रममा आँफुलाई मत दिने र नदिने सबै मतदातालाई उनले धन्यबाद ज्ञापन गरेका छन् ।
उनले आम उपभोक्ता, निर्वाचन गराउन अहम भूमिका खेल्ने व्यक्तिहरु, निर्वाचन समिति, सुरक्षाकमी र संचारकर्मीलाई पनि धन्यबाद ज्ञापन गरेका छन् ।
उनले आफु अध्यक्षमा पराजित भएपनि संस्थाको हितका लागि निरन्तर लागिरहने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।
‘खेल मैदानमा उत्रिएपछि जित वा हार निश्चित हुन्छ,’ उनले भने ‘म लोकतान्त्रिक ब्यक्ति हुनुको नाताले हार सहजै स्वीकार्छु ।’
एउटा हारबाट आँफू विचलित नभएको र अरुलाई पनि नआत्तिन आग्रह गरे ।
शनिबार भएको निर्वाचनको आइतबार प्राप्त परिनाम अनुसार बुढाथोकीले १ हजार ७ सय ६७ मत प्राप्त गरेका थिए ।
