२०८३ जेष्ठ ३० गते शनिवार

घोराही कारागारका जेलर, ३ प्रहरी, होटेलका ब्यबस्थापक, २ युवतीसहित ७ पक्राउ

युवराज परियार

तुलसीपुर, पुस १२ । घोराही कारागारका नाइके यमराज परियार फरार भएपछि भगाउन सहयोगी भूमिका खेलेको आशंमा कारागारका जेलर, ३ प्रहरी, होटेलका ब्यबस्थापक र दुई युवती सहित ७ जना पक्राउ परेका छन् ।

घोराहीका जेलर युवराज परियार, कारागारका असइ रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं. १६ रतनपुरकी बिपाशा चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की समी चौधरी, घोराही होटेल प्याराडाइजका सौजन्ने खनालसमेत गरि सात जना पक्राउ परेको घोराही कारागारको समेत जिम्मेवारी सम्हालेका अमर वलीले जानकारी दिए ।

खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएको ब्यक्ति भएको र उनले नै होटेलमा युवति लगाएत अन्य कुरा ब्यबस्थापनको भूमिका खेलेको अनुसन्धान अधिकृत वलीले बताए ।

घटना अनुसन्धान अधिकृत अमर वलीका अनुसार नाइके फरार प्रकरणमा उनीहरुको मिलेमतोको आशंकामा अनुसन्धानका लागि सात जनालाई पक्राउ गरिएको हो । जिल्ला अदालतबाट सोमबार बेलुकी पक्राउ पूर्जी जारी हुनासाथ उनीहरुलाई पक्राउ वलीले बताए ।

गत आइतबार घोराही कारागारका जेलेर युवराजको जिम्मेवारी खोसिएको थियो । उनको स्थानमा तुलसीपुर कारागारका जेलेर वलीलाई तत्कालका लागि जिम्मेवारी तोकिएको छ ।

आइतबार नै जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालय तानिएको थियो । अनुसन्धानबाट जेलर परियार आफू बिदामा बसेको बेलामा बीचमा कारागार पुगेर नाइके परियारलाई पुस ८ गते उपचारका लागि अस्पताल लैजान अनुमति दिएको तथ्य खुलेको स्रोतले बताएको छ । कुनैपनि बिरामी नरहेका नाइके परियारलाई छाला सम्बन्धी स्वास्थ्य उपचार गराउन भनेर पठाएको तथ्य उजागर भएको स्रोतले जानकारी दिएको छ ।

नाइके यमराज भागेकै दिन दिउँसो जेलर युवराज र नाइके यमराजको बीचमा समेत फोन सम्बात भएको स्रोतले बताएको थियो ।

यमराजलाई चौकीदार बनाउनेदेखि नाइके बनाउने सम्मका गतिबधिमा कारागारका जेलर युवराजले प्रक्रिया समेत मिचेको देखिएको स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस

घोराही कारागारका जेलर परियारसहित ३ जना बिरुद्धपनि पक्राउ पूर्जी जारी

घोराही कारागारका नाइके यमराज प्रहरीलाई होटेलको कोठामा थुनेर भागेको तथ्य उजागर

नाइके परियार भागेपछि घोराही कारागारका जेलेर परियारलाई जिम्मेवारीबाट हटाइयो

घोराही कारागारका फरार नाइके खोज्न दुई दर्जन प्रहरी परिचालन

घोराहीबाट २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मिलेमतोमा भागेको आशंका

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *