२०८३ जेष्ठ ३० गते शनिवार

घोराहीबाट २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मिलेमतोमा भागेको आशंका

तुलसीपुर, पुस ८ । कतब्र्य ज्यान मुद्दामा २० बर्ष कैद फैसला भइ थुनामा रहेका एक ब्यक्ति प्रहरीकै मिलेमतोमा भागेको तथ्य उजागर भएको छ । जिल्ला कारागार घोराहीको थुनामा रहेका जिल्लाको राजपुर गाउँपालिका बेलाका २७ बर्षीय जयराम परियार बिहीबार अस्पतालबाटै प्रहरीको मोटरसाईकल लगेर फरार भएका हुन । परियार जिल्ला कारागारका नाइके पनि हुन ।

परियार छालाको उपचार गर्न भन्दै बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसंगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको भनिएपनि त्यसमा चौधरीको मिलेमतोको आशंका भइरहेको स्रोतले बताएको छ ।

घटना बारे चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी दिनुले पनि आशंका गर्ने प्रशस्त आधारहरु देखिएको छ ।
प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फरककोणलाई जानकारी दिए ।

कर्तब्य ज्यान मुद्दामा अदालतबाट २० बर्ष कैद सजाए तोकिएका परियारले अहिले सम्म साढे सात बर्ष कैद सजाय भुक्तानी गरिसकेका थिए । परियारको खोजीमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *