२०८३ जेष्ठ ३० गते शनिवार

घोराही कारागारका जेलर परियारसहित ३ जना बिरुद्धपनि पक्राउ पूर्जी जारी

तुलसीपुर, पुस १२ । जिल्ला कारागार घोराहीका जेलर युवराज परियारसहित तीन जना बिरुद्ध जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत दाङले परियारलाई पक्राउ गर्न सोमबार बेलुका पक्राउ पूर्जी जारी गरेको हो ।

तत्कालका लागि घोराही कारागारको समेत जिम्मेवारी सम्हालेका तुलसीपुर कारागारका जेलर अमर वलीले तीन जना बिरुद्ध पक्राउ पूर्जी जारी भएको बताए । कारागारका नाइके यमराज परियार भागेपछि जिम्मेवारीबाट मुक्त गरी उनेको ठाउँमा तत्कालका लागि तुलसीपुर कारागारका जेलेर समेत रहेका वलीलाई नै जिम्मेवारी तोकिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लले एक जना असई र एक जना हवल्दारका बिरुद्धपनि पक्राउ पूर्जी जारी भएको जानकारी दिएपनि परिचय खुलाउन मानेनन् ।

कारागारका नाइके बिहीबार भागेपछि आइतबार घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालय तानिएका थिए ।

जेलर परियारकोसमेत कारागारका नाइके यमराज परियारलाई भगाउन सहयोगी भूमिका खेलेको आशंका भएपछि उनका बिरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

मिलेमतोको आशंकापछि कारागारका जेलरसहित तीन जना बिरुद्ध सोमबार बेलुका थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै परियारविरूद्ध कारागार प्रशासनको आग्रहमा अदालतले पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी प्रंमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

जेलर परियार आफू बिदामा रहेकै बेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएका थिए।

कुनैपनि बिरामी नरहेका नाइके परियारलाई बिहीबार बिहान ११ बजेतिर छाला सम्बन्धी स्वास्थ्य उपचार गराउने भनेर कारागारबाट प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलमा राखेर लगेका थिए । त्यसपछि एउटा रेष्टुँरामा नास्ता खाने क्रममा युवति संगै प्रहरी जवान चौधरीलाई नाइके परियारले कोठामा बाहिरबाट चुक्कल लगाई दिएर प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए।

राजपुर गाउँपालिका बेलका यमराज परियार आफ्नै गर्भबती प्रेमीका हेमा चौधरीलाई हत्या गरेको खुलेपछि कतव्र्य ज्यान मुद्दामा साढे सात बर्ष कैद सजाय भोगि सकेका थिए । उनलाई जिल्ला अदालतले २० बर्ष कैद फैसला सुनाएको थियो ।

घोराही कारागारका नाइके परियार भागेपछि उनलाई उपचाका लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीसहित घटनामा संलग्न थप दुई युवतीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *