२०८३ भाद्र ९ गते मङ्गलवार

लडेर मृत्यु भएको भनिएकी ७० बर्षीया महिलाको हत्या भएको तथ्य ७ महिना पछि पत्ता लाग्यो

दाङ, पुस १० । लडेर मृत्यु भएको भनिएकी ७० बर्षीया एक महिलाको हत्या भएको तथ्य सात महिना पछि पत्ता लागेको छ ।

गत असार ११ गते राति ९ बजे जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ झिम्पेमा ७० बर्षीया जमनी बुढा मगरको यसअघि लडेर मृत्यु भएको देवर बालाराम बुढाले भारतमा रहेका जमनीका पाँच छोरालाई जानकारी दिएका थिए । त्यसपछि जमनीको दाहासंस्कार त्यतिबेलै भएको थियो ।
छोराहरु घर फर्किएर आएपछि गाउँलेहरुबाट फरक कुरा जान्न पाए । गाउँलेहरुले उनीहरुको आमा जनमी झुण्डिएर आत्महत्या गरेको अवस्थामा आँफुहरुले देखेको कुरा गरे ।

त्यही आधारमा जमनीका साँइलो छोराले जिल्ला प्रहरी कार्यालय सल्यानमा पुगेर झन्डै दश दिन अगाडि आफ्नी आमाको लडेर मृत्यु नभइ हत्या भएको भन्दै किटानी जाहेरी दिए ।
अनि प्रहरीले अनुसन्धान थाल्यो । जाहेरीका आधारमा प्रहरीले उनकी काँइली बुहारी सुशीला बुढा मगर, माइली बुहारी चमेली बुढा मगर र देवर बालाराम बुढा मगरलाई अनुसन्धानका लागि नियन्त्रणमा लियो ।
त्यही बीचमा बालारामका छोरा १९ बर्षीय कमल बुढा फरार भए । फरार रहेका कमललाई प्रहरीले पुस १० गते मात्रै पक्राउ गर्न सफल भयो ।
उनी पक्राउ परेपछि बल्ल जमनीको हत्याको कारण खुल्यो । सुशीला बुढा र कमल बुढाका बीचमा अनैतिक सम्बन्ध रहेको तथ्य जमनीले चाल पाएपछि उनीहरुले घाँटी थिचेर हत्या गरेको तथ्य खुल्न आएको सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *