२०८३ बैशाख १६ गते बुधवार

३५०० मत गन्दा मानबहादुर नेपालीले पाए १७१३

दाङ, पुस ७ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत केन्द्रीय सदस्य दलित खुल्ला तर्फको मतगणना जारी छ । बुधबार बेलुका ८ बजेसम्म ३५०० मत गणना भइसकेको छ । अझैं १२ सय जति मतगणना हुन बाँकी छ ।

अहिले सम्मको स्थितिमा रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने पूर्व जिल्ला सभापति मानबहादुर नेपालीले सबै भन्दा बढी मत प्राप्त गरेका छन् । उनले सुरुवातदेखि नै अग्रता कायमै राखेका छन् । अहिले सम्म नेता नेपालीले झन्डै आधा मत १७१३ प्राप्त गरेका छन् । दलित खुल्लामा पाँच जना निर्वाचित हुने ब्यबस्था छ ।

दलित आयोगका पूर्व अध्यक्ष समेत रहेका नेपाली सुरुदेखि नै नम्बर वानमा छन् ।
३५०० मत गणना हुँदाको प्राप्त मत परिणाम ।
१ – मानबहादुर नेपाली – १७१३
२– प्रकाश स्नेही – १६७०
३ – नृपबहादुर वड – १६०७
४ – हरिशरण नेपाली – १५४१
५– मैकुलाल बाल्मीकी – १३८१
६ – बुद्धिराम हरिजन – १३४८
७ – डोबाटे विश्वकर्मा – १३२५
८– शिव बहादुर सुनार – १०३४

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *