तुलसीपुर ,पुस २ । महानगरिए प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरिक्षक अनिता महतको सुझबुझ र सूचनाले दाङका एक जना ब्यक्तिले हराएको नगद सात लाख नगद रकम फेला परेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरका ब्यबसायी खिमराज शर्माले हराएको सात लाख रुपैंया महतकै सूचनाका आधारमा फेला परेको हो ।
शर्माले मंसिर २६ गते बेलुकी घोराहीस्थित शिद्धार्थ बैंकबाट रकम निकालेर सामान्ने पोलेथिनमा राखि मोटरसाइकलको लेगगार्डमा झुन्ड्याएर घर तर्फ आउँदै गर्दा सर्रा नजिकै उनको रकम खस्न पुगेको थियो ।
त्यतिखेर आफन्तको बिहेको लागि बिदामा आएकी प्रहरी निरिक्षक घोराही तर्फ जाँदै थिइन । मंसिर २७ गते महतको भान्जीको बिहे रहेको हुँदा उनी अटो रिस्का चढेर त्यतै जाँदै गर्दा दुई जना मोटरसाईकलमा सवार युवाले सडकबाट रकम टिपेको देखेपछि उनको ध्यान दिएर हेरिन ।
महतले सर्रा चोकदेखि झन्डै एक सय मिटर पूर्वमा दुई युवाले सडकबाट पैंशाका बण्डलहरु छिटो छिटो टिपेर मोटरसाइकलमा तुलसीपुर तर्फ जाँदै थिए ।
लगभग साँझ पाँच बजेको समय थियो । दुई युवाले त्यसरी रकम टिपेको दृष्य आसपासका सर्वसाधारण मानिसहरुले देखेपनि कसैले केही चासो दिएनन् ।
प्रहरी निरिक्षक महतले ठानिन– सायद यो पैंशा उनीहरुकै नै हुन सक्छ, नत्र अरु सर्वसाधारणले केही बोल्थे होला ।
त्यो सबै देखेर प्रहरी निरिक्षक महतको मनमा आशंका बढ्यो । उनले गुडिरहेको अटोबाटै ती युवा सवार मोटरसाइकलको नम्बर प्लेट ख्याल गरिन ।
त्यसपछि उनले १०० मा डायल गरिन । जिल्ला प्रहरी कार्यालयको सूचना शाखामा एक जना ब्यक्तिले फोन उठाए । उनले कतैबाट पैंशा हराएको सूचना आएको छ क ? भनेर सोधिन । उताबाट एकजना ब्यक्तिले ७ लाख रकम हराएको भनेर सूचना दिएको बताए ।
त्यसपछि प्रहरी निरिक्षक महतले प्रहरी प्रमुख एसपीको फोन नम्बर मागिन । यतिखेर जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजाल निमित्त प्रहरी प्रमुखको जिम्मेवारीमा थिए । एक पटकमा फोन नउठेपछि उनले आँफु प्रहरी निरिक्षक अनिता महत हुँ भन्दै म्यासेज गरिन ।
दोस्रो कलमा फोन उठ्यो । महतले रिजालाई आँफुले देखेको बृतान्त बताइन ।
मोटरसाइकलमा सवार दुई युवाहरुको हुलिया, उनीहरु प्रस्थान गरेको दिशा र मोटरसाइकल नम्बरपनि भनिदिइन ।
कमल कापी नबेकोपनि सबै कुरा महतले दिमागमै कैद गरेकी थिइन ।
त्यही सूचनाका आधारमा डिएसपी रिजालले मंसिर २७ गते अर्थात दोस्रो दिन तुलसीपुरस्थित यातायात कार्यालयमा उक्त अल्फाबेटको मोटरसाइकल खोजी गर्न लगाए । त्यसैबाट ब्यक्ति पहिचान भए ।
प्रहरीले तुलसीपुर १२ कचिलाका निमबहादुर चौधरीलाई २७ गते फोन सम्पर्क ग¥यो । चौधरीले प्रहरीलाई कुनै कुरा छिपाएनन् । सात लाख आफुहरुले भेटाएको र सुरक्षित राखेको जानकारी दिए ।
चौधरीलाई जस्पुर प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्यायो । त्यहाँदेखि जिल्ला प्रहरी कार्यालय घोराही पु¥याइयो ।
निमबहादुरको साथमा तुलसीपुर ७ का साजन चौधरीपनि थिए । अनुसन्धान पुरा गरी प्रहरीले मंसिर २९ गते शर्मालाई रकम हस्तान्तरण गरेको डिएसपी रिजालले बताउ ।
रकम हस्तान्तरण गर्दा निमित्ति प्रहरी प्रमुख रिजालले डिउटीमा नहुँदापनि कतब्र्य ठानेर सूचना दिने प्रहरी निरिक्षक अनिता महतलाई पनि उक्त अवसरमा निम्त्याए । डिएसपी रिजाल र प्रहरी निरिक्षक महतले संयुक्त रुपमा रकम शर्मालाई हस्तान्तरण गरे । शर्माले प्रहरी निरिक्षक महत र डिएसपी रिजाललाई खुसी भएर खादा ओढाएर सम्मान ब्यक्त गरे । प्रहरी निरिक्षक महतका अनुसार एउटा असल प्रहरीले डिउटीमा हुँदा होस वा नहुँदा आफ्नो कतब्र्य जहिलै पुरा गरेको हुनुपर्ने बताउँछिन् । उनले जिम्मेवरी पूर्वक कुनैपनि पेशामा सक्रिय ब्यक्तिको डिउटीको दायरा नहुने तर्क गरिन ।