२०८३ मङ्सिर १० गते बुधवार

मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकोप्टर चार्टर गरि काठमाडौं पठाइयो

दाङ, पुस १ । सल्यानमा एक जना मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकोप्टर चार्टर गरि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।


जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ६ लान्टी निवासी ३२ बर्षीय दिलोचन श्रेष्ठ मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको हो ।


जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार श्रेष्ठ बिहीबार बिहान सवा ११ बजेतिर दुर्घटनामा परेका थिए ।


लान्टीबाट भोटेचोर तर्फ जाँदै गरेको रा ६ प ५२८५ नम्बरको श्रेष्ठले चलाएको मोटरसाइकल हिलोमा चिफ्लिएर दुर्घटनामा परेको डिएसपी खड्काले बताए ।

गम्भीर घाइते श्रेष्ठलाई १ ः ५५ बजे श्री एयरको हेलिकोप्टर मार्फत थप उपचारको लागि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा लगिएको डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *