२०८३ मङ्सिर १० गते बुधवार

जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर एक जनाको ज्यान गयो

डोल्पा,पुष १ । जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको ज्यान गएको छ ।

हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकप्टरमा नेपालगञ्ज पुर्याएपछि गएराति ज्यान गएको प्रहरीले जनाएको छ ।

आगो अझै नियन्त्रणमा आउन नसकेको त्यहाँका स्थानीय बासिन्दा टेकबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *