दाङ, पुस १ । बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगहरुलाई चुन ढुंगा उत्खनन्मा रोक लगाएको छ ।
गाउँपालिकाको कार्यालय कमिरेचौरमा बुधबारको सर्वपक्षिय बैठकले घोराही (सगरमाथा) सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नी सिमेन्ट उद्योगले गर्दै आएको चुन ढुँगा उत्खनन् बिहीबारदेखि गर्न नदिने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बंगलाचुली क्षेत्रबाट सिमेन्ट निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुन ढुँगा उत्खनन् तथा ढुवानी बन्द गरिएको जानकारी दिए ।
वातावरणमा नकारात्मक प्रभाव परेको तथा सर्वसाधारणको जनजीवन प्रभावित बन्दै जान थालेपछि चुन ढंगा उत्खनन् तथा ढुवानी रोक्ने निर्णय गर्नु परेको अध्यक्ष वलीले जानकारी दिए ।
महिना दिन मै कालोपत्रे घोराही– मुर्कुटी– प्यूठान सडक खण्ड जिर्ण भइसकेको हुँदा धुलोले पैदल हिड्नै मुस्किल पर्ने गरेको उनले बताए ।
उत्खनन्ले वातावरण प्रदुषित बन्दै गएको तथा दैनिक ओहोर दोहार गर्ने यसौं टिप्पहरुका कारण सर्वसाधारण आजिद छन् ।
खानी प्रभावित क्षेत्रका नागरिक , बंगलाचुली गाउँपालिका र जिल्ला प्रशासन कार्यालयका बीचमा विभिन्न समयमा भए गरेका सम्झौंताहरु कार्वान्वयन गर्न उद्योगहरुले कुनै चासो नदेखाएको सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।



