२०८३ जेष्ठ १४ गते बिहिवार

कोइलाखानीमा च्यापिँदा एक मजदूरको मृत्यु


दाङ,मंसिर २७ । दाङमा कोइलाखानीमा च्यापिँदा एक जना मजदूरको मृत्यु भएको छ ।

सोमबार घोराही उपमहानगरपालिका-१ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही-१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार खानीको सुरुङभित्र च्यापिँदा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *