२०८३ मङ्सिर १० गते बुधवार

उकालोमा चढ्न नसकेर जीप ब्याक हुँदा दुर्घटना ः ३ जनाको मृत्यु , १६ घाइते


दाङ, मंसिर २६ । दाङको तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको यात्रु बहाक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनाका घाइते मध्य तनि जनाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ४ की ४६ बर्षीया महिला साउने घर्ती, सोही ठाउँका ३९ बर्षीय प्रेमप्रकाश शर्मा र २६ बर्षीया लालमती खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरपालिका ३ श्रीखोला नजिकै आइतबार बेलुकी साढे ४ बजेतिर रा १ ज ४३८ नम्बरको यात्राबहाक जीप दुर्घटना हुँदा थप १६ जना घाइते भएका छन् । घाइते मध्य ६ जनालाई थप उपचारका लागि बाँके रेफर गरिएको छ ।
चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । जीप झन्डै दुई सय मिटर तल खसेको छ ।
डिएसपी अर्यालले पनि चालकले आफुलाई एक्कासी उकालोमा स्टार्ट बन्द भएपछि ओट हाल्न झर्ने क्रममा गाडी ब्याक भएर खस्न पुगेको बताएको जानकारी दिए । चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *