२०८३ मङ्सिर १० गते बुधवार

कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सक्ने

काठमाण्डौ,मंसिर २३ । काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीले कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएको छ ।

नयाँ व्यवस्था अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले तत्कालै जरिबाना तिरेर कागजपत्र लैजान पाउने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ९ इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्थाको सुरुवात गरेका हुन ।

उहाँले महाशाखाको सेवालाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन यस्तो व्यवस्था ल्याइएको बताए । यसअघि कारबाहीमा परेका चालकले २४ घण्टे पुर्जीबापत नियमानुसार जरिबाना तिर्नुपर्ने व्यवस्था थियो ।

एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको बताए । उनले चिट काटेपछि जरिबाना तिरेर ट्राफिक कार्यालयमा गइ कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरेर थप सहज बनाउन यस प्रणालीको सुरु गरिएको बताए ।

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरिएको यो सेवालाई बिस्तारै अन्य कार्यालयमा समेत विस्तार गरिने महाशाखाले जनाएको छ ।

जाँडरक्सी खाएर गाडी चलाएको, लेन अनुशासन पालना नगरेको र राति बत्ती उल्लङ्घन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सक्नेछन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *