२०८३ बैशाख १६ गते बुधवार

कांग्रेस दाङमा ६ प्रदेश सभापति पदमा १३ जनाको उम्मेदवारी

तुलसीपुर,मंसिर ३ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरर्गत दाङबाट प्रदेश सभापतिका लागि १३ जना आकांक्षीले मनोनयन दर्ता गराएका छन् ।
दाङ निर्वाचन क्षेत्र नं. ३ को (क) को सभापति पदका लागि देबेन्द्र रिजाल र बलिराम खत्रीले आफ्नो टिमसहित पुगेर उम्मेदवारी दर्ता गरेका छन ।
त्यस्तै निर्वाचन क्षेत्र नं. ३ (ख) को सभापतिका लागि खिमबहादुर वली, टिकाराम घर्ती र र चुडामणि ढकालले उम्मेदवारी दर्ता गरेका छन ।
दाङ निर्वाचन क्षेत्र नं. २ को (क) को सभापति पदका लागि प्रकाश क्षेष्ठ र दुर्गा जिएमले आफ्नो टिमसहित उम्मेवारी दर्ता गराएका छन् ।
क्षेत्र नं. २ को (ख) मा अभियान बस्नेत र लालबहादुर गिरीले आफ्नो टिमसहित उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै दाङको निर्वाचन क्षेत्र नं. १ को (क) को सभापति पदका लागि ताराबहादुर डिसी र श्रीपद चौधरीले टिमसहित उम्मेदवारी उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै दाङको निर्वाचन क्षेत्र नं. १ को (ख) मा सभापति पदका लागि दिवाकर योगी र दिनेश गिरीले टिमसहित उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत प्रदेशमा पहिलो पटक प्रदेश अधिबेशन शनिबार गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *