२०८३ बैशाख २ गते बुधवार

हिरा डाँगी स्मृति कप फूटबल सुरु, युएनबिसीको बिजयी सुरुवात


तुलसीपुर, कार्तिक १० । दाङको तुलसीपुरमा सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ आज बुधबार देखि सुरु भएको छ।

हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा तुलसिपुर ५ अरनिको खेल मैदानमा संचालित प्रतियोगिताको नेपाली काग्रेस तुलसीपुर नगर कमिटिका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि सुरेश हमालले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी हमाल ले स्वास्थ्य संग प्रत्यक्ष जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जिवनको अभिन्न अङ्ग भएको बताए ।

खेलकुद रास्ट्रको सान र गौरव हो यसको उच्च आदर्शलाई सबैले आत्मसाथ गर्न सके मानव सभ्यता जत्तिकै पुरानो खेलकुद क्षेत्र ले अपेक्षाकृत रुपमा फड्को मार्ने बताए । साथै उनले हिरा डागि फाउन्डेसन ले शिक्षा,स्वास्थ्य र खेलकुद क्षेत्रको बिकासका लागि लिएको लक्ष्य र उदेश्यमा आफ्नो पुर्ण सहयोग र सहकार्य रहने बताए । त्यस्तै बिशिस्ट अतिथी प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङले प्रतियोगिताको पुर्ण सफलताको शुभकामना ब्यक्त गरे । फाउन्डेसनका अध्यक्ष प्रकाश डागी बमको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

यसैबिच प्रतियोगिताको बुधबार सम्पन्न उद्घाटन खेलमा युएनबिसी घोराही ले बिजयी सुरुवात गरेको छ । युनाईटेड युथ क्लब तुलसीपुर लाई सुन्यका बिरुद्ध ५ गोलको फराकिलो अन्तर ले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

उल्लेख दर्शकको उपस्तिथिमा भएको खेलमा युएनबिसीका जर्सी १० एन्जस रोकाले ह्याटि्रक गर्दै ५ गोल गरेका थिए । यस्तै प्रतियोगिता अन्तरगत बिहीवार दुई खेल हुनेछन। बिहान ७ बजे एसएसएफ तुलसिपुर र मेघा युथ क्लब घोराही भिड्नेछन् भने दोस्रो खेलमा सक्सेस फुटबल क्लब तुलसिपुर र शान्तिनगर फुटबल क्लब भिड्ने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमा ले जानकारी दिए ।

२०७६ साल चैत ३ गतेका दिन एक समुहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डागीको सम्झनामा स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिन लागिएको प्रतियोगितामा ईन्डियाको सहारा क्लब, अन्य जिल्ला र स्थानिय गरि १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरर,बेस्ट कोच,बेस्ट मार्चपास लाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडी लाई ट्रफिको ब्यबस्था गरिएको छ ।कार्तिक १६ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईने छ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *