तुलसीपुर, कात्तिक ९ । नेकपा एमालेले १०औं महाधिबेशन अन्तरगत मंगलबार राति ९ बजेसम्म जिल्लाका दश मध्य नौं वटा पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ ।
एमाले दाङ जिल्ला अध्यक्ष टीकाराम खड्काले बबई गाउँपालिकामा मात्रै आकाँक्षी धेरै रहेको हुँदा सर्वसम्मत नेतृत्वको प्रयास जारी रहेको फरककोणलाई बताए ।
‘ सहमतिको प्रयास जारी छ,’ अध्यक्ष खड्काले भने ‘ राति ११ बजेसम्म त्यहाँपनि टुँगिन्छ होला ।’अध्यक्ष खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटी अध्यक्षमा माधब वली, घोराहीमा भागिराम चौधरी, लमहीमा दण्डिराम चौधरी नगर अध्यक्ष भएका छन् ।
त्यस्तै दंगीशरणमा रेशम वली, शान्तिनगरमा धनबहादुर केसी, बंगलाचुलीमा पुष्पराज भण्डारी,राप्ती मदन अधिकारी, गढवामा बाबुराम अधिकारी र राजपुर गाउँपालिकामा हेमकुमार जिसी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएको एमाले जिल्ला अध्यक्ष टीकाराम खड्काले फरककोणलाई बताए ।
पालिकास्तरको अधिबेशनमा क्रममा एमालेमा पनि एकजना महिला पनि नेतृत्वमा आउने अवस्था देखिएको छैन ।
