२०८३ कार्तिक १० गते सोमवार

दाङमा एमालेले ९९ वडामा सर्वसम्मत नेतृत्व चुन्यो, अब एउटामा मात्रै बाँकी

तुलसीपुर, कात्तिक ६ । नेकपा (एमाले)को १०औं महाधिबेशनको अन्तरगत शनिबार दाङमा वडा अधिबेशन सम्पन्न भएको छ । जिल्लाका एक वडाहरु मध्य लगभग सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको एमालेका दाङ जिल्ला अध्यक्ष टीकाराम खड्काले बताए ।

‘ दाङका ९९ वटै वडाहरुमा हामीले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका छौं,’ अध्यक्ष खड्काले भने ‘ शनिबार एउटा वडामा मात्रै अधिबेशन हुन सकेन ।’

अध्यक्ष खड्काका अनुसार राप्ती गाउँपालिका वडा नं. ९ मा मात्रै नेतृत्व चुन्ने प्रयास संभव हुन नसकेको बताए । नेतृत्वमा आउने होडबाजीका कारण त्यहाँ शनिबार सर्वसम्मत नेतृत्व चयन हुन नसकेपनि अब अर्कौ मिति तोकेर लगतै अधिबेशन गरिने अध्यक्ष खड्काले बताए ।

‘ हामीले दाङमा उच्च भावना र नमुना पर्दशन गर्न सफल भएका छौं,’ खड्काले भने ‘सिंगो दाङमा सर्वसम्मत नेतृत्व चयन गरी पार्टीलाई भावनात्मक रुपमा बलियो बनाएका छौं।’ वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

एमालेमा कात्तिक ९ गते पालिका अधिवेशन गर्ने गरि मिति तोकिएको छ ।

उस्ले केन्द्रीय महाधिवेशन चितवनमा आगामी मंसिर १० देखि १२ सम्म गर्ने निर्णय गरेको छ । एमालेले दाङसहित मुलुकभर एकै साथ शनिबार वडा अधिवेशन गरेको थियो । तर, बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही सहजस्थित भएपछि वडा अधिबेशन गरिने उक्त पार्टीका नेताहरुले जानकारी दिएका छन् ।

एमालेमा राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चयनका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू सहभागि हुन पाउने ब्यबस्था गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *