२०८३ जेष्ठ ३१ गते आइतवार

नागरिकता र सम्पत्तिको अधिकार पहिलो प्राथमिकता– एनआरएनए अध्यक्षका उम्मेदवार आचार्य

काठमाडौं, असोज १९ । गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् ।उनले आगामी दूई वर्षमा संघको सदस्य संख्या कम्तिमा पाँच लाख प¥ुयाउने बताएका छन् ।
त्यस्तै राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पु¥याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

असोज १० गते काठमाडौंमा उम्मेदवारी घोषणा गरेका आचार्यले सोमबार एक भर्चुअल पत्रकार सम्मेलनमा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।आचार्यले सार्वजनिक गरेको प्रतिबद्धतामा प्रवासमा लाखौं नेपालीहरु रहेको भएपनि संघमा अपेक्षाकृत सहभागिता नभएको उल्लेख गरेका छन् ।

उनले आफू अध्यक्षमा निर्वाचित भएको दूई वर्षमा सदस्य संख्या कम्तिमा पाँच लाख पु¥उने र एनसिसीहरुको संख्यापनि एक सय पु¥याउने बताएका हुन ।

हाल संघको पन्जिकृत सदस्य संख्या एक लाखको हाराहारीमा रहेको छ भने ८४ देशमा एनसिसी स्थापना भएको छ । तर, २० वटा एनसिसी भने हाल निष्कृय अवस्थामा छन् ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *