काठमाडौं, असोज १८ । काठमाडौंको रिङरोडमा ब्यबसायीले सोमबार भाडा समायोजनको माग राख्दै झन्डै पाँच सय बस टेस्र्याएका छन् ।
ब्यबसायीले बसको चाँबी आँफै संग लगेर गएको हुँदा राजधानीको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त बन्न पुगेको छ ।
महानगरीय ट्राफिक महाशाखाले चालक चाबी लिएर गएको हुँदा बस हटाउन मुस्किल भइ रहेको बताएको छ । समस्या समाधानका लागि यातायात कार्यालयमा वार्ता जारी रहेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बागमती प्रदेश सरकारले पटक÷पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि बेवास्ता गरेपछि बाध्य भएर ब्यबसायी आन्दोलनमा उत्रिएको बताए ।
संघीय सरकारले असार महिनामा यात्रुबहाक बसको भाडा समायोजनको निर्णय गरेको थियो । तर, हालसम्मपनि बागमती प्रदेश सरकारले समायोजनमा कुनै चासो नदेखाएको सिटौलाले गुनासो गरे ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य तुलनात्मक रुपमा धेरै बढेको हुँदा त्यही अनुसार भाडा समायोजन हुनुपर्ने उनले माग गरे ।