२०८३ बैशाख १५ गते मङ्गलवार

तुलसीपुरमा काँग्रेसका नबनिर्वाचित पदाधिकारीको सपथ बिहीबार

तुलसीपुर, असोज १३ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत तुलसीपुर उपमहानगरपालिकाका नब निर्वाचित पदाधिकारकीको सपथ बिहीबार हुने भएको छ ।

असोज ९ गते भएको निर्वाचनबाट तुलसीपुरमा सुरेश हमाल नेतृत्वको टिमले बिजयी हासिल गरेको छ । उपाध्यक्षमा फरक प्यानलका गौरब सुबेदी बोहेक पुरै हमालको टिमले निर्वाचन जितेको छ । नगर सचिब सुशील वलीले बिहीबार बिहान ११ बजेपछि तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा सपदको कार्यक्रम रहेको फरककोणलाई बताए ।

उपाध्यक्षमा महासंघका महासचिव बिनिल केसी नगर उपसभापतिमा निर्वाचित भएका छन् । सचिवमा बिमल पौडेलसहित नगरसमितिमा एक सय तीन जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्यानलबाट उम्मेदवारी दिएका एक सय दूई जना निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *