२०८३ जेष्ठ ३१ गते आइतवार

रोल्पामा सबै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन

दाङ, असोज ९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत रोल्पाका सबै पालिकाहरुका सर्बसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । काँग्रेस रोल्पाका जिल्ला सभापति अमरसिंह पुनका अनुसार जिल्लाको एक नगरपालिका र नौं वटा गाउँपालिका गरि कुल सबै दशवटै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।

जिल्ला सभापति पुनले रोल्पा नगरपालिकाको सभापतिमा चन्दप्रकाश आचार्यसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत रुपमा चयन भएको बताए ।

त्यस्तै गाउँपालिकाहरु सुनछहरीको सभापतिमा कोमबहादुर बुढा गमर, सुनिलसमृतिको सभापतिमा आशिष गिरी, गंगादेवको सभापतिमा मिनबहादुर खड्का, माडीको सभातिमा नवराज डाँगी सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै परिवर्तन गाउँपालिकाको सभापतिमा खड्कबहादुर घर्ती मगर, थबाङको सभापतिमा खरिलाल डाँगी, त्रिवेणीको सभापतिमा दुर्यौधन राना, रुन्टीगढीको सभापतिमा जनक पुन र लुङ्ग्री गाउँपालिकाको सभापतिमा जनक खड्का सर्वसम्मत रुपमा चयन गरिएका हुन ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *