
तुलसीपुर,असोज ७ । नेपाली काँग्रेसको असोज ९ गते हुने नगर अधिबेशन अन्तरगत नगर उपसभापति पदका उम्मेदवार तेजेन्द्र हमालले बिनिल केसीलाई उपाध्यक्ष पदमा समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
सुरेश हमाल टिमका नगर उपसभापति पदका उम्मेदवार केसीलाई समर्थन गर्दै बिहीबार हमालले सम्पर्क कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
‘ बिनिल केसी जत्तिकै सालिन र उच्च शिक्षा हासिल गरेका ब्यक्ति नगरसभापति उठेको हुँदा उहाँको जित सुनिश्चित गर्न मैले उम्मेदवारी फिर्ता लिएको हुँ,’ हमालले भने ‘ राजनीतिमा उच्च शिक्षा हासिल गरेका र समाजमा उदाहरणिय काम गरेर राम्रा छबि बनाएका युवाहरु आउनु आजको आवश्यक्ता हो ।’
केसी राप्ती बबई क्याम्पसको सञ्चालक समितिका कोषाध्यक्ष, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब लगाएत बिभिन्न समाजिक संघ संस्थामा आवद्ध लोकप्रिय युवा हुन ।

उपसभापतिका केसीलाई समर्थन जनाउँदै हमालले उम्मेदवारी फिर्ता लिएपछि केसी र काँग्रेसका नेताहरुले उनको त्याग तथा समर्थनलाई स्वागत गरेका छन् ।
‘ हमाल जत्तिकै लोकप्रिय, साहाशी युवाले ब्यक्तिगत स्वार्थ भन्दामाथि उठेर पार्टीको नेतृत्वमा सामाजिक क्षेत्रमा उदाहरणिय छबि बनाएका युवाको पक्षमा समर्थन जनाउनु निकै सकारात्मक पक्ष हो,’ एक नेताले भने ‘ बिहान मात्रै शोभाकर सापकोटाजीले उम्मेदवारी फिर्ता लिनु भएको छ । यसले राजनीतिमा त्याग र समर्पनको महत्व दर्शाएको छ ।’
काँग्रेस भित्र संस्थापन इतरको टिमबाट तुलसीपुर उपमहानगरमा उम्मेदवारी दिएका मध्य केसी सबै भन्दा लोकप्रिय उम्मेदवारको रुपमा चर्चा गरिदै आएका ब्यक्ति हुन ।