२०८३ जेष्ठ ३१ गते आइतवार

दाङमा काँग्रेसको १४औं अधिबेशन भदौ २१ गतेका लागि तय

तस्वीर : फरककोण

तुलसीपुर, भदौ १८ । दाङमा नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत भदौ २१ गतेका दिन निर्वाचन हुने भएको छ ।वडा अधिबेशन र क्षेत्रीय प्रतिनिधि चुन्ने काम जिल्ला भर एकै दिन भदौ २१ गते गरिने भएको छ ।

अधिबेशन गराउनका लागि दाङमा केन्द्रीय प्रतिनिधिका रुपमा प्रलाद कार्की आइ सकेका छन् ।

वडा अधिबेशनका लागि २० गते मनोनयन दर्ताको समय तोकिएको छ । नेतृत्व चुन्न नेपाली काँग्रेसका क्रियासिल सदस्यहरुले २१ गते मतदान गर्ने छन् । नेपाली काँग्रेसको आन्तरिक जीवनमा निकै महत्व राख्ने महाधिबेशनका लागि आफ्नो पक्षमा माहोल निर्माण गर्न नेता तथा कार्यकर्ता गाउँ घरमा पुगेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *