दाङ, बैशाख ३० । कोरोना संक्रमित थप दुई जनाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ३५ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
उनको उपचारका क्रममा बिहान साढे ५ बजे मृत्यु भएको थियो ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार उनको पिसिआर परीक्षण बैशाख २७ गते भएको थियो भने बैशाख २९ गते मात्रै अस्पताल भर्ना भएकी थिइन ।
त्यस्तै तुलसीपुर ६ का ४३ बर्षीय पुरुषको बुधबार बेलुका उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । ती पुरुषलाई बैशाख १७ गते संक्रमन पुष्टि भएको थियो ।
बैशाख २९ गते उनी कोहलपुरमा भर्ना भएका थिए । उनको २९ गते बेलुका ८ ः ४५ बजे मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
